परपुरुषसँग आपतिजनक अवस्थामा भेटिएकी भाउजु कारागार चलान



महोत्तरी । महोत्तरी जिल्ला अदालतले देवरको ह(त्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ ।

पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अ(वैध सम्बन्ध राखेकै बेला आप(त्तिजनक अवस्थामा देवरले देखेपछि भाउज्यूले प्रेमीसँग मिलेर उनको ह(त्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि आज कारागार लगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका २ बस्ने रकिवुल अन्सारीकी पत्नी २८ वर्षीया सगिरा खातुनलाई जिल्ला अदालतले कारागार चलान गरेको हो ।

सगिराले प्रेमीसँग मिलेर गत चैत ९ गते देवर १३ वर्षीय मजिबुको घाँ(टी थि(चेर ह(त्या गरी श(व घर नजीकै रहेको कब्रस्तानमा गाड्न लगिरहेका अवस्थामा स्थानीयवासी सदिक मोमिनले घ टनाबारे जानकारी गराएपछि प्रहरीले श(व नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार  १० : २३ बजे