कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४९



नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा निवासी ६२ बषिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

नयाँ संक्रमित व्यक्ति झापाका ६२ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । हालसम्म प्राप्त विवरण अनुसार उनी आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यससगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ३ : ०६ बजे