नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा पुर्व अर्थमन्त्रीहरु एवं अर्थशास्त्रीहरुसग आज बिशेष अन्तर्क्रीया गरेको छ ।कोरोना भाइरसको सङ्क्रमण रोक्न देश लामो समयदेखी लक डाउनमा रहदा सङ्कटग्रस्त बन्दै गएको अर्थतन्त्रलाई अब कसरी सही बाटोमा ल्याउने भन्ने बिषयमा छलफल गरेको हो ।
छलफलमा नेपाली कांग्रेस पार्टी पदाधिकारीहरु ,पुर्व अर्थमन्त्रीहरु एवं दर्जन बढी अर्थशास्त्रीहरु सहभागी रहेको कांग्रेसले जनाएको छ ।छलफलमा आगामी दिनमा पर्यटन ,कृषि र औद्योगिक क्षेत्रको उत्पादनमा आउने कमिले पर्ने असरका विषयमा छलफल भएको बताइएको छ ।लक डाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी ब्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्न जरुरी कदमका बारेमा पनि छलफल भएको छ ।
त्यसै गरी कोरोनाको विश्वव्यापी असरका कारण विदेशमा रहेका नेपालीहरूको रोजगारी गुम्न सक्ने खतरा र त्यसले नेपाली रेमिट्यान्समा पार्ने प्रभावका विषयमा पनि छलफल भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसको प्रेस बिज्ञप्ती
वैशाख १६, २०७७
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टी पदाधिकारी, पूर्व अर्थ मन्त्रीहरु एवं अर्थशास्त्रीहरु बीच महत्वपूर्ण बैठक सम्पन्न भयो ।
बैठकमा निम्नानुसार उपस्थिति थियो ।
श्री शेरबहादुर देउवा, श्री रामचन्द्र पौडेल, श्री विमलेन्द्र निधि, श्री विजयकुमार गच्छदार, डा. शशांक कोइराला, श्री पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, श्री गोपालमान श्रेष्ठ,
श्री प्रकाशमान सिंह, डा. रामशरण महत, श्री ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल,
श्री विश्वप्रकाश शर्मा, श्री उदयशम्शेर राणा र अर्थशास्त्रीहरु— डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल, डा. स्वर्णीम वाग्ले, डा. अच्युत वाग्ले, डा. पोषराज पाण्डे, श्री प्रभु बुढाथोकी, डा. विश्व पौडेल, श्री राजु नेपाल ।
छलफल मुल रूपमा दुई विषयमा केन्द्रित रह्यो ।
(१) लक डाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी ब्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्न जरुरी कदम ।
(२) कोरोनाको विश्वब्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पर्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको नेपालको अर्थतन्त्रलाई उकास्न समयमै तय गर्नुपर्ने अत्यावश्यक योजना र रणनीति ।
छलफल अत्यन्तै गम्भीर र गहिरो सँग सम्पन्न भएको छ । ज्येष्ठ र जिम्मेवार राजनैतिक दलका रूपमा नेपाली कांग्रेस कोरोना सृजित वर्तमान र भविष्यको संकट सुविचारित ढंगले सामना गर्न जिम्मेवार र एकताबद्ध रुपले अग्रसर छ र रहनेछ ।
जय नेपाल १
कृष्णप्रसाद पौडेल
मुख्य सचिव








