संक्रमित बालिकाको उपचारमा संलग्न शिक्षण अस्पतालको टोली क्वारेन्टाइनमा



त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमित बालिकाको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने भएको छ ।

अस्पतालको न्यूरो सर्जरी वार्डको श्यया (बेड) नं ५० मा भर्ना भएकी छ वर्षीया बालिकामा आज कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती बालिका नाक, कान, घाँँटीको बिरामी रहेको अस्पतालले जनाएको छ । अहिले ती बालिकालाई गणेशमान भवनमा आइसोलेसनमा राखी उपचार शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिमा कोरोना पुष्टि भएमा ‘कन्ट्र्याक ट्रेसिङ’ र परीक्षण गरिने अस्पतालले जनाएको छ । बाँकी स्वास्थ्यकर्मीलाई आफ्नो नियमित काममा फर्कन पनि अस्पतालाले अनुरोध गरेको छ । अस्पतालले अत्यावश्यकबाहेकका शल्यक्रिया नगर्न र आकस्मिक शल्यक्रिया गर्दा व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) को प्रयोग अनिवार्य गर्न सबै चिकित्सकलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार  ९ : ११ बजे