काठ्मान्डौ कांग्रेसको कार्यलय अब गणेशमान सिह स्मृति भवनमा: नेता सिहले गरे उद्घाटन



कात्तिक २४

न्यू सञ्चार , काठमाडौ-

नेपाली कांग्रेसका पूर्व महामन्त्री एबम कांग्रेस नेता प्रकाशमान सिहले १०४ अाै गणेशमान सिह जन्मजयन्ति काे अवसर पारेर नेपाली कांग्रेस काठमाडौ जिल्लाले निर्माण सम्पन्न गरेकाे जिल्ला पाटि कार्यलय गणेशमान सिह स्मृति भवन काे उदघाटन गरेका छन ।

कार्यक्रममा बोल्दै नेता सिहले पार्टी भित्र आन्तरिक लोकतन्त्र एक्दमै कमजोर हुँदै गएको र पार्टी बिधान भन्दा पनि नेताहरुको व्यक्तिगत स्वार्थले चल्न थालेको बताए ।

नेता सिंहले पद प्रतिष्ठा र कुर्सिको लागि जे सुकै गर्न तयार हुने आजको अवस्थामा प्रधानमन्त्रीको पद समेत त्याग गर्ने गणेशमान सिहको जिवनी एकपटक सबैले मनन गर्नु पर्ने समय आएको बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस युबा नेता तथा केन्द्रिय सदस्य गगन थापाले अब नेपाली कांग्रेसको पुनर्जागरण अत्यन्त जरुरी भइ सकेको भन्दै परिबर्तित कांग्रेसले मात्रै देशको नयाँ भबिश्य कोर्न सक्ने बताए ।

आज सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यहरु नबिन्द्र राज जोशी र अम्बिका बस्नेतले पनि आ-आफ्नो धारणा राखेका थिय ।

नेपाली कांग्रेस काठमाडौ जिल्लाको कार्यलय आज उद्घाटन भएको गणेशमान सिह स्मृति भवन मा रहने भएको छ । कांग्रेस काठमाडौ जिल्लाले काठ्मान्डौको ज्ञानेश्वारमा चार तले गणेशमान सिह स्मृति भवन निर्मान गरेको हो ।

आफ्नो त्याग र निष्ठाले नेपाली राजनितिमा अमर छबी बनाएका लौह पुरुषह गणेशमान सिहलाई हरेक बर्स वहाको स्मृती दिबसको अबसरमा देशै भरी बिभिन्न कार्यक्रम गरी स्मरण गर्ने गरिन्छ ।

सिह नेपालको राजनितिमा कांग्रेस मात्रैले नभएर सबै राजनितिक  पार्टीहरुले मान्ने राजनेता हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार  १ : १३ बजे