कातिक २५,काठ्मान्डौ-
संस्कृति, पर्यटन, तथा नागरिक उड्डय मन्त्रालयले नेपाल र कम्बोडियाबीच पहिलो पटक हवाई सम्झौता गर्ने तयारी गरेको छ।
मन्त्रालयका अनुसार कम्बोडियाका प्रधानमन्त्री साम्देच अक्का मोहा सेना पादेइ देचो हुन सेन (छोटकरीमा हुन सेन)को नेपाल भ्रमणको समयमा दुई देशबीच पहिलो पटक हवाई सम्झौताको तयारी गरिएको हो। कम्बोडियाका प्रधानमन्त्री हुन सेन यही नोभेम्बर ३० मा राजकीय भ्रमणका रुपमा नेपाल आउँदैछन्। सोही अवसर पारेर दुई देशबीच हवाई सम्झौता हुन लागेको जनाइएको छ ।
हवाई सम्झौताको तयारी भएपनि कुन देशले कति उडान गर्ने लगायतका विषयमा भने मन्त्रालयले खुलाएको छैन।
पछिल्लो समय बुद्धिष्ट देशहरूले नेपालमा उडान गर्न चासो देखाउन पनि थालेका छन्। त्यसको कारण हो, गौतम बुद्धअन्तर्राष्ट्रिय विमानस्थल। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले २०१९ भित्रै संचालनमा ल्याउने तयारी गरेसँगै बुद्धिष्ट देशले नेपाल उडानमा आकर्षित भएका हुन्।
सम्झौता बाट नेपाल आउने पर्यटक बृद्धी हुने बिश्वाश गरिएको छ ।