साली कान्ड: योग्यता नै नपुगेकी प्रधानमन्त्री ओलीकी साली शाक्य इजरायलको राजदूतमा सिफारिस



३० कात्तिक, काठमाडौं–

प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गर्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

तेस्तै अन्य थुप्रै पत्रपत्रीका र अनलाईन अखबारहरुमा समेत यो समाचार छ ।

हाल इजरायलको राजदूतको रुपमा कार्यरत निरञ्जन थापालाई फिर्ता बोलाएर आफ्ना नातेदार शाक्यलाई राजदूतमा नियुक्त गरी प्रधानमन्त्री पदकै दुरुपयोग गर्नुभएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई राजदूतका सिफारिस गरेको जानकारी बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गर्नुभएको हो ।

 

प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार  ७ : २६ बजे