पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १३ हजार नाघ्यो



नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार आज थपिएकामा ३६४ पुरुष र ११२ महिला छन् ।

योसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

जसमध्ये पुरुष ११ हजार ६ सय ६२ र महिला १५ सय ८६ पुगेको छ ।

हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन्

प्रकाशित मिति : असार १५, २०७७ सोमबार  १० : ४५ बजे