मंगलबारको मौसम पूर्वानुमान, कुन कुन स्थानमा भइरहेको छ बर्षा ?



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालभर मनसुनी वायु को प्रभाव रहनुका साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ।

महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै हिले देशभर आँशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानमा मंगलबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

र, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार  २ : ०३ बजे