पोखरामा बिद्यालय भित्रै जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ



पोखरा –

पोखरामा बिद्यालय भित्रै जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन ।

पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजार स्थित मार्गदर्शन एकेडेमीमा जुवा खेलिरहेका आठ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो  ।

पक्राउ पर्नेमा एकेडेमीका सञ्चालक समेत छन् । प्रहरीले उनीहरुको नाम अहिले सार्वजनीक गरेको छैन ।

विद्यालयको कोठाभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई लाख २७ हजार रुपैयाँ बरामद गरिएको छ ।

प्रहरीले मुचुल्का उठाएर जिल्ला प्रहरी कार्यालय लगेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार  ६ : ३७ बजे