११ मंसिर, काठमाडौं ।
सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीनदिन देखी सरकारी र बिद्रोही फौज बिच भिडन्त चलिरहेको समाचार छ ।
विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २ सय जनाको मृत्यु भएको बिबिसी समाचारमा उल्लेख छ । इस्लामिक स्टेट (आइएस) लडाकूहरुले गरेको आक्रमणमा परी अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मीहरु र अन्य ५१ जना आम नागरिक पनि मारिएको समाचारमा जनाइएको छ ।
यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सबैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) का सुरक्षाकर्मीहरु मारिएको घटना हो ।
आइएस लडाकुहरुद्वारा एसडीएफका सुरक्षाकर्मीहरु धेरै मारिएको सन् २०१५ पछिकै यो सबैभन्दा ठूलो घटना भएको सिरियाली मानव अधिकारवादी समूह हरुले
बताएका छन ।










