एसिया प्यासिफिक समिटमा आउने पाहुनाको सुरक्षा रक्षामन्त्रीकै निगरानीमा



मङ्शिर १३, काठ्मान्डौ-

काठ्मान्डौमा शुरु हुन लागेको  एसिया प्यासिफिक समिटमा भाग लिन आउने विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाउन  सरकारले  रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गृहमन्त्री रामबहादुर थापालाई जिम्मेवारी दिएको छ।

बिभिन्न राष्ट्रका प्रमुखहरु, पूर्वराष्ट्र प्रमुखहरु र ठुलो सङ्ख्यामा बिशिष्ठ पाहुनाहरु आउने र उनिहरुको सुरक्षामा नेपाली सेना समेत परिचालित हुने भयपछी सरकारले रक्षा मन्त्रीकै सम्योजकत्वमा सुरक्षा परिचालन गर्न लागेको हो ।

 बहालवाला राष्ट्रपति र सरकार प्रमुख नै सहभागी हुने भएपछि नेपाली सेनासमेत परिचालन गर्नुपर्ने अवस्थामा रक्षा र गृह दुवैको जिम्मेवारी परेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

अति विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि सरकारले विगतमा जस्तै सेनालाई जिम्मेवारी दिएको छ भने अन्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको जिम्मेवारी लिएका छन्। एकैपटक यति ठूलो संख्यामा विदेशी पाहुना आउने कार्यक्रम भएकाले सरकारलाई सुरक्षा व्यवस्था मिलाउन निकै कठिन भएको छ। चारवटै सुरक्षा निकायले सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन दुई हप्तादेखि तयारी गरेका थिए।

एसिया प्यासिफिक समिटमा तीन मुलुकका राष्ट्रपतिसहित ५ सय ६७ विदेशी पाहुना आउँदै छन्। फिलिपिन्सकी उपराष्ट्रपति, म्यानमारकी विदेशमन्त्री पनि नेपाल आउँदै छिन्। कम्बोडियाबाट प्रधानमन्त्री नेपाल आउनेछन्। त्यस्तै, रिपब्लिक अफ नाउरु, रिपब्लिक टुभालु र इन्डिपेन्डेन्टस् स्टेट अफ सामवाका राष्ट्रपतिहरू समिटमा सहभागी हुनेछन्। विभिन्न मुलुकका पूर्वप्रधानमन्त्री र राष्ट्रपतिसमेत सम्मेलनमा सहभागी हुँदै छन्। म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी पनि आउँदै छिन्।

प्रकाशित मिति : मंसिर १३, २०७५ बिहिबार  ५ : ५९ बजे