भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको पुष्टि भ्एको छ ।
गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउदै आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।
गृहमन्त्री शाहले ट्विट गर्दै भनेका छन्, “कोरोनाका प्रारम्भिक लक्षण देखिएका छन् । मैले कोरोना जाँच गराए र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था अहिले ठिक छ । तर, चिकित्सकको सल्लाह अनुसार म अस्पताल भर्ना हुँदैछु ।”
कोरोना सङ्क्रमण पुष्टी भएसगै चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पताल भर्ना गरिने भएको छ ।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (@AmitShah) August 2, 2020














