नेपालमा भौतिक दूरी कायम गर्न डब्लुएचओ नेपालको आग्रह



नेपालस्थित विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का प्रतिनिधि जोस भ्यान्देलियरले कोभिड(१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न अपिल गरेका छन्।

पछिल्लो समय सरकारले लकडाउन हटाएपछि मानिसहरूले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएकाले संक्रमण कम गर्न दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ। तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्यान्देलियरले दुरी कायम गर्न अपिल गरेका हुन्। खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक अर्काबिच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन उनले अपिल गरेका हुन्।

कम्तीमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न उनले आग्रह गरे। त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्नुपर्ने उनले उल्लेख गरे।

प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार  १० : ५२ बजे