लद्दाखको दक्षिणी पैंगॉन्ग स्थित विवादित क्षेत्रमा चीनिया सेनासगको झड़पमा एक भारतिय सैनिकको मृत्यु भएको छ भने अर्का एक सैनिक घाइते भएको समाचार एजेन्सीहरुलाई उधृत गर्दै भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । ।
शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो ।भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए ।मृत्यु हुने सैनिक तिब्बती मुलका भारतिय नागरिक रहेको बताइएको छ ।झडप हुनुमा भारत र चीन दुवैले एकअर्कालाई दोष दिँदै आएका छन् । दुबै देशले पछिल्लो घटानाका बारेमा कुनै आधारिक धारणा सार्बजनिक गरेका छैनन ।
पछिल्लो समय चीन र भारतीय सीमामा तनाव बढेको छ । दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।त्यसयता तनाव कम गर्न पटक पटक्ज द्विपक्षिय छलफल भएको भए पनि तनाब साम्य हुन सकेको छैन ।










