वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण पुष्टि



वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका छन् ।

उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशँैमा झापाको मेचीनगरस्थित घर पुगेका छन् ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताएका छन् ।

हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार  ४ : ५५ बजे