पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।
तेस्तै नेपालमा हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार भन्दा बढी पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएपछि यो संख्या १ हजार ४ पुगेको हो।
हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ४३७ पुगे जना सक्रिय संक्रमित छन्।










