पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९० जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा .डा. जागेश्वर गौतमका अनुसार ८ हजार ३०० पीसीआर परीक्षणमा ५६५ महिला र ९२५ पुरुष रहेका छन् ।

यो सँगै नेपालमा हालसम्म २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बुधबार १५६७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख १८ हजार १ सय १६१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार  १२ : २० बजे