२४ घण्टामा ५ सय ११ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय ११ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५९ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ सय जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ५१ हजार ९ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : पुस १५, २०७७ बुधबार  १२ : ०० बजे