२४ घण्टामा ४०९ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशभर थप ४०९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६ हजार ७०६ जनाको पिसिआर परिक्षणमा ४०९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६३ हजार १९३ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

प्रकाशित मिति : पुस २२, २०७७ बुधबार  १२ : ३७ बजे