२४ घण्टामा ३१८ जना संक्रमित थपिए,६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ।

पछिल्लो २४ घण्टामा ३८३ जना निको भएर फर्किएसंगै निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ।

प्रकाशित मिति : माघ ७, २०७७ बुधबार  १२ : १४ बजे