पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन्। यससगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार थप २५९ जना कोरोना संक्रमणबाट निको भएसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ ।
पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।










