थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ३८ पुगेको छ।

 

प्रकाशित मिति : माघ २५, २०७७ आइतबार  ११ : २९ बजे