पछिल्लो २४ घण्टामा देशमा ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै शनिबार १ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ९२९ पुगेको छ।










