सरकारले भारतबाट भाइरसविरुद्धको खोप खरिद गर्ने निर्णय गरेको छ ।
सरकारले भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाकाे २० लाख डोज भ्याक्सिन प्रतिडाेज ४ डलरमा खरिद गर्ने र खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस अघी अस्ट्राजेनिकाकाे २० लाख डोज भ्याक्सिन प्रतिडाेज ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको प्रकृया तय हुँदा निर्णय हुन सकेको थिएन ।
सरकारले कोरोना भाइरस विरुद्धको खोप प्रति डोज मात्र चार डलरको सहुलियत दरमा खरिद गर्न लागेकोस्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।










