शनिवार ८५ जना संक्रमित थपिए, ३ को मृत्यु



पछिल्लो २४ घन्टामा देशमा थप ८५ जना कोरोना संक्रमित थपिएका छन ।

योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७५० जना पुगेको छ ।

शनिवार ३ संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार  १ : ३५ बजे