बढ्दैछ कोरोनाको ग्राफ, पछिल्लो २४ घण्टामा थपिए ३३९ जना संक्रमित



पछिल्लो २४ घण्टामा देशमा ३३९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा मात्र १६३ जना संक्रमित थपिएका छन् ।

नेपालमा कोरोनाको बेलायती भेरिएन्ट फैलने क्रममा रहेको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपाल उच्च जोखिममा रहेको बताए ।

प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार  ११ : ४० बजे