पछिल्लो २४ घण्टामा ३६७ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशमा थप ३६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घण्टामा १४१ सक्रमणमुक्त भएका छन् ।  निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ पीसीआर परीक्षण र ६९० जनाको एन्टीजेन परीक्षण भएको छ ।

मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ९६१ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार  ११ : २४ बजे