तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरूले सरकारलाइ यस्तो सुझाब् दिएका हुन।
छलफलमा कोरोना संक्रमणको जाखिम बढ्दै गएको हुँदा विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा अब स्थानीय सरकारलाई दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापाले विद्यालय बन्द गर्ने भए वैकल्पिक सिकाइलाई सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।
सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बस्ने मन्त्री परिषदमा पेश गर्ने भएका छन।








