काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको बैठक बस्दै,निषेधाज्ञा लगाउनेबारे छलफल हुने



उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ।सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि कोरोना संक्रमण रोक्न लिनुपर्ने आवश्यक निर्णयका बारेमा छलफल गर्न उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको छलफल हुन लागेको हो ।छलफलबाट आजै आजै कुनै निर्णय आउन सक्ने बताइएको छ ।

आजको बैठकले बैठकले उपत्यकाका तीनवटै जिल्लामा कहिलेदेखि निषेधाज्ञा लगाउने भन्ने विषयमा निर्णय लिन सक्ने बताइएको छ ।आजको बैठकमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने विषयमा छलफल हुने जानकारी प्राप्त भएको छ ।आइतबार पनि उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरुको बैठक बसेको थियो ।

सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका ठाउँमा स्थानिय प्रसासन्ले निषेधाज्ञा लगाउन सक्ने गरी निर्णय गर्न मन्त्रीपरिषदलाई सिफारिस गरेको छ ।

 

प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार  ५ : ४७ बजे