स्वास्थ्यकर्मीलाई बिदा नदिने मन्त्रालयको निर्णय



सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्कालका लागी लामो बिदा नदिने निर्णय गरेको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।मन्त्रालयले बिदामा बसेका कर्मचारीहरुले पनि तुरुन्तै हाजिर हुनुपर्ने निर्णय गरेको छ ।

तेसैगरी अस्पतालमा कुनै पद रिक्त रहेको भए तत्काल ६ महिने करार सेवामा कर्मा चारी भर्ना गर्ने पनि निर्णय गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीको चाप बढेपछी सरकारले यस्तो निर्णय गरेको हो।

प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार  ११ : २० बजे