लुम्बिनी प्रदेशको विशेष अधिवेशन वैशाख १९ गते आह्वान : मुख्यमन्त्री पोखरेल बिरुद्द अविश्वास प्रस्ताव आउने



विपक्षी दलहरुको समावेदनअनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गतेलाई बोलाईएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए ।

विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्द अविश्वास प्रस्ताव दर्ता गर्ने तयारिका साथ विशेष अधिवेशन बोलाउन माग गरेका हुन ।

यसअघी आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको थाहापाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गराएका थिए ।

प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार  ३ : ४७ बजे