बिहिबार ४९ सय २८ जना सङ्क्रमित थपिए, ३५ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशमा ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

यस्तै पछिल्लाे २४  घण्टामा ३५ जनाको मृत्यु भएको भएको मन्त्रालयले जनाएको छ ।

यससँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ ।

तेसैगरी गत २४ घण्टामै काठमाडौँ जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ गरी काठमाडौँ उपत्यकामा १५६१ संक्रमति थपिएका छन् ।

यस्तै देशभर हाल सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् ।

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  ११ : १० बजे