काठ्माण्डौ उपत्यकामा एकै दिन झण्डै तीन हजार जना सङ्क्रमित



पछिल्लो समय कोरोना सङ्क्रमणको हटस्पट बनिरहेको काठमाडौं उपत्यकामा सङ्क्रमितको संख्या लागातार बढिरहेको छ ।

शुक्रबार एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको छ ।

तेस्तै शुक्रबाराणाइ देशभरिमा ९ सय २८ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ८१ हजार ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार  ११ : ०७ बजे