लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

बिपक्षी दलहरुले र ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा आइतबार अविश्वास प्रस्ताव दर्ता गराएका हुन ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले मोर्चाबन्दी गरेका छन ।

यसअघि पोखरेलले अविश्वासको प्रस्ताव छल्न राजीनामा दिएर संसदको अधिवेशन अन्त्य गरेका थिए।

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ६ : २६ बजे