चिनिया भेरोसेल खोपको दोस्रो डोज आइतबारदेखी देखि लगाइदै, यी हुन् खोप केन्द्र



आइतबारदेखि काठमाडौंमा कोभिड बिरुद्दको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । गता चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरूले चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन पाउने छन ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

यि हुन  खोप केन्द्रहरु

१ नन्दीरात्रि स्कुल, नक्साल
२ २ नम्बर वडा कार्यालय, लाजिम्पाट
३ ३ नं. वडा कार्यालय, महाराजगञ्ज
४ पुरानो वडा कार्यालय, चण्डोल, गीताञ्जली मार्ग
५ ५ नं वडा कार्यालय परिसर, हाँडीगाउँ
६ महेन्द्र बौद्ध उच्च मावि, बौद्ध
७ यूरो किंगडम रातोपुल, पुरानो हिमालय विद्या मन्दिर
८ ८ नं.वडा कार्यालय, जयबागेश्वरी
९ गुह्येश्वरी मावि, सिनामंगल
१० म्याक डोनाल्ड पार्टी प्यालेस, मध्य बानेश्वर
११ विश्व निकेतन स्कुल, त्रिपुरेश्वर
१२ सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, टेकु
१३ जनप्रभात मावि, कालीमाटी
१४ १४ नं. वडा कार्यालय, भुवनेश्वरी मन्दिर चौर
१५ भुइँखेल चौर, स्वयम्भू
१६ जुडो हल, नयाँबजार
१७ पब्लिक युथ क्याम्पस, धोबीचौर
१८ पुष्पलाल पार्क, विष्णुमती
१९ सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा १९ परिसर
२० शान्ति निकुञ्ज स्कुल, भगवतीबारी
२१ सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा २१, यंगाल
२२ टेवहाल वडा कार्यालय, संकटा
२३  नव आदर्श स्कुल, वसन्तपुर
२४ इतुमबहाल, तारणी वहाल
२५ कन्या मन्दिर स्कुल, क्षेत्रपाटी
२६ वडा परिसर, लैनचौर
२७ महाबौद्ध चोक
२८  २८ नं. वडा कार्यालय, सिटी मार्केट
२९ विजय स्मारक स्कुल, डिल्लीबजार
३० ज्ञानेश्वर चोक
३१ भीमसेनगोला स्कुल, भीमसेनगोला
३२ ३२ नं. वडा कार्यालय, जडीबुटी

प्रकाशित मिति : जेष्ठ २, २०७८ आईतबार  ४ : ५४ बजे