विश्व स्वास्थ्य संगठनले भन्यो ‘कोरोनाको नेपाली भेरिएन्ट भेटिएको छैन



बेलायती अखबारमा कोरोनाको नेपाली भेरिएन्ट युरोपमा फैलिएको भन्ने समाचार प्रकाशित भएपछि विश्व स्वास्थ्य संगठनले कोरोनाको नेपालमा म्युटेट भएको भेरिएन्ट नभेटिएको प्रस्ट पारेको छ । विश्व स्वास्थ्य संगठनले आफूलाई नेपालमा फैलिएका ३ भेरिएन्टबारे मात्रै जानकारी भएको भन्दै यीबाहेक अन्य कुनै भेरिएन्टबारे जानकारी नभएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोनाभाइरसको अल्फा (बी .१.१ .७), डेल्टा (बी .१ .६१७ .२) र काप्पा (बी.१ .६१७.१) मात्र भेटिएको प्रस्ट पारेको छ । बेलायती अखबार डेलीमेलले बुधबार नेपाली भेरिएन्टका कारण बेलायती अधिकारी चिन्तामा परेको दावी गर्दै समाचार लेखेपछि विश्व स्वास्थ्य संगठनले सफाइ दिएको हो ।

प्रकाशित मिति : जेष्ठ २०, २०७८ बिहीबार  ९ : ११ बजे