पाकिस्तानमा दुइ रेल जुध्दा ३० जनाले ज्यान गुमाए,कयौ यात्रु घाइते



पाकिस्तानमा दुइ रेल एकआपसमा जुध्दा ३० जनाले ज्यान गुमाएका छन्। सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस दुइ रेल एकआपसमा जुध्दा कम से कम ३० जनाले ज्यान् गुमाएका छन् भने कयौ यात्रु घाइते भएका हुन्।

घटना सोमवार बिहान् भएको र घटनामा परि ज्यान् गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ।  घाइते भएका यत्रुहरुलाइ अस्पताल पुर्याउने  र रेलका डिब्बामा फसेका यात्रुहरुको उद्दार् कार्य चलिरहेको पाकिस्तानि सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुर्घटनामा कम से कम ४० जना घाइते भएको र ३० यात्रिले ज्यान् गुमाएको पाकिस्तानि अधिकारिहरुले पुष्टि गरेका छन्। पाकिस्तानि रेलवेका अनुसार् कराचीबाट सरगोधा जादै गरेको मिल्लत एक्सप्रेस र रावलपिंडीबाट कराची जादै गरेको सैयद एक्सप्रेस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  ४ : ११ बजे