मङ्गलबारबाट देशैभरि भेरोसेल खोप लगाईँदै



आज ( मंगलबार)देखि देशभर चीनले अनुदानमा दिएको भेरोसेल खोप लगाउन शुरु गरिदैछ।

अधिकांश जिल्लामा ६२ देखि ६४ वर्षसम्मकालाई खोप दिइने छ भने केही जिल्लामा १८ तथा ५५ वर्षमाथिका लागि पनि सो खोप दिन लागिएको तयारी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले खोप केन्द्र र खोप अभियानको समय तोक्ने व्यवस्था गरिएको छ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीमा रहेका नर्सिङ र पारामेडिक्सले पनि पहिलो मात्रा खोप लगाउन पाउने छन् ।

प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार  ४ : २१ बजे