भारतमा दैनिक संक्रमितको संख्या घट्दै, २४ घण्टामा ८६ हजार



६३ दिनपछि भारतमा चौबिस घण्टामा एक लाख भन्दा कम संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ८६ हजार ४ सय ९८ संक्रमित फेला परेका छन्।

यो अवधिमा २ हजार १ सय २३ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै चौबिस घण्टामा १ लाख ८२ हजार २ सय ८२ जना संक्रमणमुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।

अहिलेसम्म भारतमा २ करोड ८९ लाख ९६ हजार ४ सय ७३ जनामा संक्रमण भएको र त्यसमध्ये २ करो८ ७३ लाख ४१ हजार ४ सय ६२ जना संक्रमणमुक्त भएको सरकारी तथ्यांक छ।

प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार  ४ : ४६ बजे