बिहिबार थप ३,७४९ जनामा संक्रमण, ५९ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा ३७४९ संक्रमित थपिएका छन् । ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।

तेस्तै सोही अवधिमा ५९ जनाले ज्यान् गुमाएका छन्।यससगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  १२ : २० बजे