बुधबार २ हजार ४२१ संक्रमित थपिए, ८१ जनाले ज्यान गुमाए



पछिल्लो २४ घ्यण्टामा देशमा २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३५५८ संक्रमित निको भएका छन् । बुधबार कोरोनाबाट ज्यान गुमाउनेकोको संख्या ८१ रहेको छ ।

संक्रमितमध्ये काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी काठमाडौंउपत्यकामा कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेका छन् ।

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  ५ : २८ बजे