पछिल्लो २४ घण्टामा देशमा १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।
तेस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय १८ जना संक्रमण मुक्त भएका छन् भने २४ ज्यान गुमाएका छन।










