लोपोन्मुख अवस्थामा रहेको ओखलढुंगाको पहिचान रुम्जाटारको भेडा पालन व्यवसाय र त्याहाको राडीपाखी प्रवद्र्धनमा जोडदिन सरकारले कृषकहरुलाई प्रोत्साहन सुरु गरेको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा भेडापालन तथा ऊन प्रवद्र्धन मार्फत राडीपाखी उद्योगलाई व्यवसायिक बनाउन कृषकहरुलाई प्रोत्साहन गरेको हो ।
नेपाल सरकार कृषि तथा पशुपञ्छी विकास मन्त्रालयको श्रोत संरक्षण कार्यक्रम अन्र्तगत सिद्धिचरण नगरपालिका ७ विगुटारका स्थित गैरीडाडा भेडा पालन समूह मार्फत १२ कृषकहरुलाई ३६ मल्ला र २ थुमा भेडा हस्तान्तरण गरिएको छ । चालु आर्थिक बर्षको ऊन विकासका लागि भेडा प्रर्वद्धन कार्यक्रम अनुसार कृषकलाई भेडा वितरण गर्दै सम्बन्धीत सरकारका जिम्मेवार पदाधिकारीहरुले परम्परागत भेडा व्यवसायलाई आधुनिकीकरण गर्दै लौजाने बताए । कार्यक्रममा प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले परम्परागत भेडापालन व्यवसायलाई परिमार्जन गर्दै लौजानु पर्नेमा जोड दिनुभयो ।
कृषकहरु ५०–६० बर्षको पुख्यौली पेशा छाडेर पलाएन हुँदै गएको अवस्थामा तीनै तहको सरकार मार्फत प्रोमोसन गरेर ओखलढुंगाकै पहिचान बोकेको रुम्जाटारको भेडा पलन व्यवसाय लाई आधुनीकीकरण तर्फ लौजाने आफुले सोच बनाएको वाहाको भनाइ छ । परम्परागत रुपमा उधौली र उभौली गर्दा कृषकहरुले दुख पाउने, उनिहरुले घरवास विर्षने अवस्थाको अन्त्य गर्नका लागि लेक, औल र वेँसी नगरी एकैठाउमा व्यवसायिक हिसावले भेडापाललाई विकास गर्दै लैजानु पर्ने उहाले बताउनुभयो ।
श्रोत संरक्षण कार्यक्रम प्रर्वद्धन मार्फत कृषकलाई आर्थिक सम्पन्नतातर्फ लैजान नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा यसलाई अझै बृद्धि गर्दै लौजाने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताउनुभयो । परम्परागत रैनाथे पेशालाई संरक्षण गर्दै व्यवसायिक भेडा पालन तथा ऊन उद्योग प्रर्वद्धनमा स्थानीय सरकार लागि परेको वाहाको भनाइ छ । सङ्घीय सरकारले दिएको ससर्त अनुदान मध्य नगरपालिकाले यस बर्ष उन विकासका लागि भेडा प्रर्वद्धन कार्यक्रम अन्र्तगत ३० लाखको बजेट राखेर कृषकहरुलाई व्यवसायिक बन्न प्रेरित छ । भेडा विकास समिति रुम्जाटारको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेरे भेडा पालक कृषक समुह मार्फत कृषकलाई भेडा वितरण गरिएको सिद्धिचरण नगरपालिकाले जनाएको छ ।
व्यवसायिक भेडा पालन मार्फत आर्थिक बृद्धिमा टेवा पुर्याउदै युवाहरुलाई स्वरोजगार बनाउन नगरपालिकाले आवश्यक सहयोग गरेको नगरउपप्रमुख इच्छा कुमारी गुरुङले बताउनुभयो । रुम्जाटारको पहिचानलाई जोगाउन राडीपाखी बुन्ने र स्थानीय बजारमा विक्रीगरी व्यवसायलाई दुखका साथ टिकाइरहेको भेडा विकास समिति रुम्जाटारकी अध्यक्ष पदम कुमारी गुरुङले बताउनुभयो ।
हाल रुम्जाटरमा स्थानीय सन्तोष गुरुङले लगायत केही व्यक्तिहरुले भेडीगोठ राखेका छन् भने पुराना सबै किसानहरुले भेडा पालन व्यवसाय छाडीसकेका छन् । भेडा पालन व्यवसाय लोप हुँदै गएपछि जिल्लाकै पहिचान कुटीर उद्योग अन्र्तगतको राडीपाखी समेत हराइसकेको छ । यसलाई पूनर्जिवित गराउन सरकारी सहयोग गसंै कृषकहरुले समेत आधुनीक व्यवसायिक बन्नु पर्ने जरुरी देखिन्छ ।








