सोमबार थप २६२२ जनामा संक्रमण पुष्टी ,२३ ले ज्यान गुमाए



नेपालमा पछिल्लो २४ घण्टामा थप २६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा २२११ संक्रमित निको भएका छन् । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या २३ रहेको छ ।

प्रकाशित मिति : असार २१, २०७८ सोमबार  ५ : ५४ बजे