पछिल्ला केहि दिन देखी नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।गत सोमबारबाट निको हुनेको संख्या भन्दा नयाँ संक्रमितको संख्या बढी रहेको देखिएको हो ।
यसैबिच पछिल्लो २४ घण्टामा देशमा थप २६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१२ हजार ५८५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ रहेको छ भने १५६५ संक्रमित निको भएका छन् ।










