थप २९७९ जनामा संक्रमण पुष्टि,२८ जनाले ज्यान गुमाए



नेपालमा पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १३३३ संक्रमित निको भएका छन् । बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या २८ रहेको छ ।

प्रकाशित मिति : असार २३, २०७८ बुधबार  ५ : ०७ बजे