लायन्स क्लबद्वारा सुनौलो पाइला बालगृहलाई खाद्यान्न र सरसफाइ सामग्री सहयोग



लायन्स क्लब  डिस्ट्रीक्ट ३२५ A१ को सेवा सप्ताह अन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन ।कार्यक्रमको अन्तिम दिन असार २३ गते इम्प्याक्ट एरियाका ५३ वटा क्लबले संयुक्त रुपमा गोकर्ण स्थित “सुनौलो पाइला”बालगृहमा खाद्यान्न लगायत सरसफाइ सामग्री डिस्ट्रीक्ट गभर्नर रेवत कार्कीको प्रमुख आतिथ्यमा बितरण गरिएको कार्यक्रममा सक्रीय जोन चियर पर्सन लायन प्रदिप सत्यालले जानाकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै,गभर्नर रेवत कार्किले लायनको उदेश्य नै सेवा भएकोले , लायनबादलाई आत्मासाथ गरेर निरन्तर अगाडि बढ्न आग्रह गरे ।लायन लिडर सुदर्शन आचार्यको विशेष पहल र एरिया प्रबक्ता प्रेम चुडाल (निसान )को सक्रियतामा कार्यक्रम भएको थियो। कार्यक्रममा इम्पायक्ट चिफ रसु रिजाल र एरिया अन्तर्गतका क्ल्ब प्रतिनिधिहरुको उपस्थिति थियो ।

लायन लिडर सुदर्शन आचार्यले सुनौलो पाइलामा यो पहिलो पाइला भएपनी अब अटुट सम्बन्ध स्थापित भएको बताए ।उक्त अवसरमा सुनौलो पाइला नेपाल कि अध्यक्ष रोज बिष्टले धन्यबाद ज्ञ्यापन गर्दै अप्ठ्यारो परिस्थितिमा पनि लायन्सहरुको निरन्तर सक्रियताको खुलेर प्रशंसा गरेकी थिइन

प्रकाशित मिति : असार २४, २०७८ बिहिबार  १० : २० बजे