पछिल्लो २४ घण्टामा देशमा १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५०४ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमणा पुष्टी भएको हो ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससगै संक्रमणबाट हालसम्म ९ हजार ३२० जनाले ज्यान गुमाएका छन् ।
तेस्तै पछिल्लो २४ घण्टामा १२८६ जना संक्रमण मुक्त भएका छन् । यससगै हालसम्म ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन्










