बिहिबार थप २ हजार ६७६ संक्रमण पुष्टि,३३ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा उक्त संखुआमा संक्रमण पुष्टि भएको हो ।

गता २४ घण्टाकै अवधिमा थप १ हजार ७५७ जना निको भएका छन् भने ३३ जनाले ज्यान गुमाएका छन ।

सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।

प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार  ४ : ५५ बजे